Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक २४ आइतबार १६:५२:००
Read Time : < 1 मिनेट
समाचार

हेलिकप्टरमा बागी उमेदवारी फिर्ता गर्न पुगेका घर्तीकाे प्रयास असफल

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २४ आइतबार १६:५२:००

प्रदेश सभा सदस्यका लागि नेकपाका नेता शेरमान घर्तीकाे बागी उमेदवारी फिर्ता गराउने अन्तिम प्रयास असफल भएको छ । उमेदवारी फिर्ता गराउन उनलाई हेलिकप्टर चार्टर गरी  आइतबार  सदरमुकाम लगे पनि समय सकिएकाले  हुन सकेन । बागी उमेदवारी फिर्ता गर्न नेकपाका नेताहरूले दबाव दिएपछि उनी तयार भएका थिए । उमेदवारी फिर्ताको समय दिउँसो १ बजेसम्म थियो तर घर्ती दिउँसो करिब साढे १ बजे पुगेका थिए ।

उमेदवारी फिर्ता हुन नसकेपछि पार्टीभित्र आन्तरिक छलफल सुरू भएकाे छ । अबकाे विकल्पमा विज्ञप्ति जारी गरेर घर्तीले सार्वजनिक रूपमा उमेदवारी फिर्ता गर्नु पर्ने जिल्लाका नेकपा नेता बताउँछन् । 

आगामी १४ मंसिरमा हुने निर्वाचनका आइतबार बागलुङ-२ 'ख' मा कसैले उमेदवारी फिर्ता नलिएकाे निर्वाचन कार्यालयले जनाएकाे छ । उपनिर्वाचनका लागि १० जनाले उमेदवारी दर्ता गराएका थिए । दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय भित्र कसैले फिर्ता नलिएकाे मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानले जानकारी दिए ।