१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक २४ आइतबार १५:५७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

सीमा मिचिएको विरोधमा प्रदर्शन गर्ने ३७ पक्राउ [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २४ आइतबार १५:५७:००

सीमा मिचिएको विरोधमा विद्यार्थीले काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दा प्रहरीले ३७ जनालाई पक्राउ गरेको छ । अखिल (क्रान्तिकारी)को व्यानरमा स्कुल पढ्ने विद्यार्थीसमेत प्रदर्शनमा सहभागी थिए ।

महानगरीय प्रहरी परीसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले विद्यार्थीको भेषमा उच्छृंखल गतिविधि गर्ने मनसायले प्रदर्शन गरेकाले ३७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।

‘गलत मनसायले साना विद्यार्थीलाई समेत उचालेर ल्याएको हुनसक्ने देखियो,’ उनले भने, ‘उच्छृंखल गतिविधि गर्नेलाई पक्राउ गरेर छानबिन गरिरहेका छौं ।’