१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक २४ आइतबार १४:५०:००
Read Time : < 1 मिनेट
समाचार

सुदूरपश्चिम प्रदेशका वन राज्यमन्त्री रावलले दिए राजीनामा

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २४ आइतबार १४:५०:००

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् । रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा दिएका हुन् ।

रावलले आपराधिक गतिविधिबाट समेत सम्पत्ति आर्जन गरेको सूचनाका आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विस्तृत छानबिन अघि बढाएको थियो । अनुसन्धानमा सहयोग गर्ने भन्दै आइतबार दिउँसो विज्ञप्ती जारी गरी रावलले राजीनामा दिएका हुन् ।