Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ कार्तिक २४ आइतबार १४:२१:००
Read Time : < 1 मिनेट
समाचार

डडेल्धुरामा सरकारी सवारी सञ्चालनमा रोक

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २४ आइतबार १४:२१:००

चिकित्सा शिक्षा सुधारको माग गर्दै १७ औं सत्याग्रहमा रहेका प्राध्यापक डा.गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको  छ ।

आइतबार बिहानदेखि सरकारी नम्बर प्लेट भएका सवारी सञ्चालनमा रोक लगाइएको डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष लोकराज भट्टले जानकारी दिए । ‘बिहान ८ देखि साँझ ४ बजेसम्म सरकारी गाडी र मोटरसाइकल सञ्चालनमा रोक लगाइने छ । ' उनले भने, 'अन्य सवारी साधन भने सञ्चालन हुनेछ ।'

त्यस्तै, उद्योग वाणिज्य संघको नेतृत्वमा सदरमुकाम बागबजार क्षेत्रमा दिउसो १ः३० बजेदेखि २ः३० बजेसम्म पसल बन्द गर्ने निर्णय भएको छ ।  

डडेल्धुरामा अनशनरत डा. केसीको सर्मथनमा जिल्लामा दैनिक विभिन्न कार्यक्रमहरु हुँदै आएका छन ।