मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक २४ आइतबार १३:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

स्वास्थ्य अवस्था बिग्रदै गएपछि डा. केसीलाई प्रादेशिक अस्पताल रेफर गर्ने तयारी

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २४ आइतबार १३:५०:००

चिकित्सा शिक्षा सुधारको लागि १७ औं अनशनमा रहेका प्रा. डा. गोविन्द केसीको आइतबार सात दिन पुगेको छ । स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनलाई प्रादेशिक अस्पताल रेफर गर्ने तयारी गरिएकाे छ । 

उनको पिसाबमा क्रियटिनिन बढेको, चिनीको मात्रा घट्दै गएको, शरीरमा पानीको मात्रा घटेको र कमजोर हुँदै गएको अस्पतालले जनाएको छ । स्वास्थ्य अवस्था निकै कमजोर भएपछि उनलाई स्लाइन चढाइएको छ । तर उनको स्वास्थ्य अवस्थामामा सुधार नआएपछि उनलाई प्रदेशिक अस्पताल सेती धनगढीमा रेफर गर्ने तयारी भइरहेको डडेल्धुरा अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कँडेलले बताए । उपचारको लागि उपर्युक्त साधनको अभावको कारण उनलाई रेफर गर्नुपरेको डा. कँडेलले बताए । 

डा.केसीको रक्तचापमा कमी आएको र मुटुको चालमा पनि समस्या आएकोले छिटै सुविधासम्पन्न अस्पताल रेफर गर्नुपर्ने तयारीमा रहेको उनले बताए । 

अनशन बसेको ५ औं दिन (शुक्रबार) स्वास्थ्यमा समस्या देखिएपछि उनलाई  डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो ।