मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका  नुवाकोट 
२०७६ कार्तिक २४ आइतबार १३:४४:००
Read Time : < 1 मिनेट
समाचार

लागूऔषध मुद्दामा कैद तोकिएका वडाध्यक्ष पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका  नुवाकोट 
२०७६ कार्तिक २४ आइतबार १३:४४:००

लागूऔषध मुद्दामा अदालतबाट कैद तोकिएका नुवाकोटको म्यागङ गाउँपालिका ५ का वडाध्यक्ष रामबहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

तामाङलाई काठमाडौं जिल्ला अदालतले २७ जेठ २०७६ मा ३ वर्ष कैद र २५ हजार जरिवाना हुने फैसला गरेको थियो । अदालतको फैसालापछि फरार भएका तामाङलाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौंको पत्र

अनुसार पक्राउ गरी आइतबार नै काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णु फुँयालले जानकारी दिए । तामाङ कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।