१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शान्ता कमली
२०७५ पौष २७ शुक्रबार ०९:२८:००
Read Time : > 1 मिनेट
अर्थ

सरकारले निजी क्षेत्रसँग समन्वय गरी काम गर्नुपर्छ : पूर्व अध्यक्ष ढकाल

Read Time : > 1 मिनेट
शान्ता कमली
२०७५ पौष २७ शुक्रबार ०९:२८:००

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले सरकारले निजी क्षेत्रसँग समन्वय गरेर काम गर्नुपर्ने बताएका छन् । लमजुङ उद्योग बाणिज्य संघको ३२ औँ साधरण सभा एवं ४३ औँ स्थापना दिवस विशेष कार्यक्रममा सम्बोधन गर्दै पूर्व अध्यक्ष ढकालले यस्तो बताएका हुन् । 

उनले उद्योग तथा व्यपारका लागि प्रशस्त सम्भावना भएकोले सरकारसँग साझेदारी गर्न निजी क्षेत्र तयार रहेको बताए । उनले भने सरकारले निजी क्षेत्रलाई साझेदारका रुपमा ग्रहण गर्नसक्नु पर्छ । पूर्व अध्यक्ष ढकालले मुलुकमा औद्योगिकरण गरी स्वदेशी उत्पादन निर्यातका लागि सरकारले नीतिगत व्यवस्था र वातावरण सिर्जना गर्नु आवश्यक रहेको बताए । अर्को प्रसङगमा ढकालले दुई तिहाईको सरकारले विकास नगरे देशमा कहिल्यै विकास नहुने बताएका छन्  । 

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई तीन तहको सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । मुलुकको आर्थिक समृद्धिको लागि सरकार र निजी क्षेत्रको साझेदारी अपरिहार्य छ उनले भने यसका लागी सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ । निजी क्षेत्रको सहकार्य र समन्वयमा मात्र राज्यले अघि सारेका योजना सफल हुनेछन्।

३२ औँ साधरण सभा एवं ४३ औँ स्थापना दिवसको अवसरमा संस्थाले विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । संघले संस्थाका संस्थापक अध्यक्ष तिलकबहादुर पौडेल लगाएत स्थानिय तह निर्वाचनमा निर्वाचित पूर्व कार्यसमिति पदाधिकारी एवं सदस्यहरु, पूर्व कर्मचारीहरुलाई सम्मान गरेको छ । 

यसैगरी संघका पूर्व कार्यसमिति सदस्य दिवंगत नन्दमान श्रेष्ठको स्मृतिमा स्थापना गरेको क्रियाशिल पत्रकारिता पुरस्कारबाट पत्रकार मिना गुरुङलाई सम्मान गरेको छ । सो पुरस्कार हाल संघको कार्यसमिति सदस्य एवं दिवंगत नन्दमान श्रेष्ठको धर्मपत्नी पार्वती श्रेष्ठले स्थापना गरेकी हुन् । पुरस्कारको राशी नगद पाँचहजार पाँच रुपैयाँ रहेको छ ।