मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २३ शनिबार १८:४७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

नेपाली भूमि मिचिएपछि सबै राजनीतिक दल एक जुट (हेर्नुहोस् फोटो)

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २३ शनिबार १८:४७:००

भारतले जारी गरेको नयाँ नक्सासँगै नेपालमा राजनीतिक दलहरू एक जुट भएका छन् । भारतले नेपाली भूमि मिचेको भन्दै देशभर विराेध भएपछि प्रधानमन्त्री केपी ओलीले शनिबार बोलाएको सर्वदलीय बैठक बाेलाएका थिए । जसमा प्रमुख प्रतिपक्षी दलका नेताहरूसहित दलका अध्यक्ष तथा नेताहरू सहभागी भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भारतसँग उत्पन्न भएको सीमा विवाद बारेमा छलफल हुनेछ ।

बैठकमा सत्तारूढ दलसहित प्रतिपक्षी दलका शीर्ष नेताहरू, सीमा विज्ञहरूलगायत सहभागी भएका छन् । बैठकले सीमा विवादबारे सामूहिक धारणा तय गरी राष्ट्रिय एजेण्डा निकाल्ने भएकाे छ । भारतको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचिएको देखाएको छ । सीमा मिचिएसँगै सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसका युवा संगठनहरूले संयुक्त आन्दोलन गर्दै आइरहेकाे छ ।