१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २३ शनिबार १६:२०:००
Read Time : < 1 मिनेट
विश्व

एकै दिन जन्मिएका ४ दिदीबहिनीकाे एकै लगनमा विवाह गर्ने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २३ शनिबार १६:२०:००

भारतकाे केरलमा एकै दिन जन्मेका चार जना दिदीबहिनी र एक भाइमध्ये ४ जना दिदीबहिनीकाे एकै दिन विवाह हुने भएकाे छ । उनीहरूकाे सन् २०२२ अप्रिल २६ मा एकै दिन विवाह हुने तयारी भएकाे हाे । चार दिदीबहिनी उथराजा, उथारा, उथम्मा, उथरा र उथराजन (छाेरा)काे जन्म सन् १९९५ नाेभेम्बर १८ गते भएकाे थियाे । साेही दिनदेखि उनका बुवाले आफ्नाे घरकाे नाम ‘पञ्च रत्नम’ राखेका थिए ।

उनीहरू जन्मेकाे ९ वर्षसम्म उनका बुवाले पाँचै सन्तानलाई एकै प्रकारकाे सामान किन्ने गरिदिन्थ्ये । यहाँसम्म कि स्कुल झाेला, छाता तथा कपडासमेत एकै प्ररकारकाे किनिदिन्थ्ये । सन् २००४ सालमा उनीहरूका आमालाई मुटुसम्बन्धि राेग लाग्याे, त्यसपछि उनीहरूकाे घरमा ठूलाे दु:ख आइपर्याे । उनीहरूकाे आमालाई मुटु राेग लाग्याे तर आर्थिक अभाव भएपछि बुवाले आत्म हत्या गरे ।

घरकाे मुख्य सदस्यले आत्म हत्या गरेपछि परिवारकाे पाँच बच्चाकाे जिम्मेवारी आमाले सम्हालिन् । केही मान्छेकाे सहयाेगमा उनले सहकारी बैंकमा चाैथाे तहकाे काम पाइन । त्यसपछि परिवार विस्तारै आर्थिक रूपमा सवल हुँदै गयाे । अहिले साेही परिवारका यी पाँच जना २४ वर्षका भएका छन् । चार छाेरीमध्ये एक फेसन डिजाइन, दुई छाेरी 'एनेस्थेसिया टेक्निसियन' र एक छाेरी पत्रकार रहेका छन् । यस्तै छाेरा सफ्टवेयर इञ्जिनियर रहेका छन् ।

अहिले उनीहरूका आमा भन्छिन्, "पतिकाे अचानक मृत्यु भयाे, मलाई असहाय पीडा भयाे ।' फेरि साेचेँ बच्चाका लागि भने पनि मैले बाँच्नु पर्छ । अहिले छाेरीहरूकाे एक साथ विवाहकाे तयारी भइरहेकाे छ । छाेरा अहिले केही काम गर्दैछन् जसले केही ढिला हुने भयाे ।'