मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक २३ शनिबार १३:०८:००
Read Time : < 1 मिनेट
विश्व

अयोध्याको विवादित जग्गा राम मन्दिरलाई दिन भारतीय सर्वोच्चको फैसला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक २३ शनिबार १३:०८:००

भारतको सर्वोच्च अदालतले राम मन्दिर–बाबरी मस्जिदको विवाद माथि फैसला गरेको छ । अदालतले अयोध्याको विवादित स्थल राम मन्दिरलाई दिन अन्तिम फैसला गरेको हो । यस्तै फैसलामा मस्जिदका लागि छुट्टै

जमिन दिन भनिएको छ । शनिबार सर्वोच्च अदालतका मुख्य न्यायाधीश र अन्य चार न्यायाधिसले विवाद माथि अन्तिम फैसला सुनाएका हुन् । न्यायाधीश रञ्जन गोगोईको अध्यक्षतामा रहेको संवैधानिक इजलासले ४० दिनसम्म लगातार सुनुवाइ गरेको थियो। उक्त सुनुवाई १६ अक्टोबरमा सकिएको थियो।

राम मन्दिर र बाबरी मस्जिद विवादको सुरुवात २२–२३ डिसेम्बर १९४९ मा मस्जिदभित्र लुकाएर मूर्ति राखिएबाट सुरु भएको बताइन्छ  ।  हिन्दुहरुको आस्थाको केन्द्र मानिने सोही अयोध्यामा १६ औँ शताब्दीको बाबरी मस्जिद पनि रहेकाले सो क्षेत्र मुस्लिम समुदायको समेत पवित्र तीर्थस्थल हो ।

सन् १९९२ मा हिन्दूहरूको एक समूहले त्यहाँको बाबरी मस्जिद भत्काइदियो । त्यसपछि भड्किएको दंगामा कम्तिमा २ हजार मानिसको ज्यान गयो । हिंसा मत्थर भएपछि मस्जिद भत्काएको ठाउँमा हिन्दूहरूले रामको मूर्ति स्थापना गरेर त्यसको पूजा गर्न थाले ।

त्यसैले हिन्दु र मुस्लिम कसको हक लाग्ने भनेर त्यहाँ वर्षौंदेखि अन्योल थियो ।