१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक २३ शनिबार ११:३४:००
Read Time : < 1 मिनेट
प्रदेश

भारतको नयाँ नक्साप्रति बेसीशहर नगरपालिकाको आपत्ती

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २३ शनिबार ११:३४:००

बेसीसहर नगरपालिकाले भारतले सार्वजनिक गरेको नयाँ नक्साप्रति आपत्ती जनाएको छ । नगरपालिकाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भारतले नेपालको भौगोलिक अखण्डतामा आँच पुग्ने गरी गरेको कार्य आपत्तिजनक र अस्वीकार्य रहेको जनाएको हो ।

नेपालले सदिऔँदेखि छिमेकी मुलुक भारतप्रति असल व्यवहार गर्दै आएको तर भारतले हामीमाथि हेप्ने, चेप्ने र मिच्ने प्रवृत्ति अंगाल्दै आएकोमा पछिल्लो समय दुई देशबीचको ऐतिहासिक सिमाना नक्सा परिवर्तन गरी सर्वजनिक गरेको नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको नगरप्रमुख गुमानसिहं अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

नेपाली माटोको रक्षा र राष्ट्रियताका विषयमा समयमै सम्वेदनशिल बनेर कुटनीतिक ढंगले पहल थाल्न ढिलाई गर्न नहुने विज्ञप्तिमा जनाइएको छ । नगरपालिकाले एतिहासिक दस्तावेज र तथ्य प्रमाणको आधारमा कुटनीतिक माध्यमबाट तत्काल दीर्घकालिन समाधान खोज्न नेपाल सरकारसँग मागसमेत गरेको छ ।

भारतले पटक पटक गरेको हस्तक्षेपविरुद्ध सचेतनापूर्वक खबरदारी गर्न नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ । 

भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गत शनिबार भारतले सार्वजनिक गरेको नक्सामा समेटेको छ ।