१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक २३ शनिबार १०:०६:००
Read Time : < 1 मिनेट
सप्तरंग

कसिसको  दुई भिडियो आउँदै

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २३ शनिबार १०:०६:००

गायक विश्व नेपाली  र प्रमोद खरेलको स्वर रहेको ‘मेरो सासै रोकिएला’ र ‘मेरो छाती धड्कियो’ बोलका गीत शनिबार (आज) सार्वजनिक हुँदै छन् । आधा दर्जन चलचित्र र तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी कसिस दाहालले दुवै गीतमा अभिनय गरेकी छिन् । उनलाई साथ दिएका छन् मोडल भूपेशसिंह ठकुरी र रंगकर्मी सुरेश जिसीले । 

‘श्रीमान् वीरबहादुर’, ‘चिरिएका साँझहरू’, ‘लू’, ‘थ्री सिस्टर्स’,जस्ता नाटक खेलिसकेका जिसीको यो पहिलो म्युजिक भिडियो हो । ‘मेरो सासै रोकिएला’मा दीपक शर्मा र ‘मेरो छाती धड्कियोस्’मा विपिन आचार्यको संगीत/एरेन्ज रहेको छ । मेरो छाती धड्कियोस्को निर्देशन नारायण ठकुरीले र ‘मेरो सासै रोकिएला’लाई दुवै गीतका रचनाकार राज सरगमले निर्देशन गरेका छन् ।