मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ कार्तिक २३ शनिबार ०८:३१:००
Read Time : < 1 मिनेट
अर्थ

पहिलो तीन महिनामा कर्णाली सरकारकाे बजेट खर्च १ प्रतिशत मात्र

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २३ शनिबार ०८:३१:००

कर्णाली प्रदेश सरकारको चालू आवको बजेट कार्यान्वयन निराशाजनक देखिएको छ । पहिलो तीन महिनामा कर्णाली सरकारले १ प्रतिशत मात्र बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रण कार्यालय सुर्खेतका अनुसार प्रदेश सरकारले असोज मसान्तसम्म १.०९ प्रतिशत बजेट मात्र खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी यमुना श्रेष्ठले जानकारी दिइन् ।

कर्णाली प्रदेश सरकारले असोज मसान्तसम्म चालूतर्फ २.८० प्रतिशत र पुँजीगततर्फ ०.०७ प्रतिशत बजेट खर्च गरेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले चालूतर्फ ३६ करोड ५८ लाख रुपैयाँ र पुँजीगततर्फ १ करोड ३ लाख रुपैयाँ गरी जम्मा ३७ करोड ६२ लाख रुपैयाँ मात्र खर्च भएको सूचना अधिकारी श्रेष्ठले बताइन् । 

चालू आवमा कर्णाली सरकारले चालूतर्फ १३ अर्ब ५ करोड ९६ लाख र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख गरी कुल ३४ अर्ब ३५ करोड ३४ लाख रुपैयाँ बजेट पारित गरेको थियो । पहिलो तीन महिनामा बजेट खर्च न्यून भएको भए पनि विस्तार बढ्दै जाने आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको दाबी छ ।  

गत आर्थिक वर्षमा देशका अन्य प्रदेशको तुलनामा सबैभन्दा कम ३५ प्रतिशत मात्र बजेट खर्च गरेको कर्णाली सरकारले प्रदेश सरकारको संरचना, कानुन र कर्मचारी अभावलाई कारण देखाउँदै आएको छ । कर्मचारी समायोजन गर्दा कर्णाली प्रदेश कर्मचारीको रोजाइमा नपरेपछि कर्णालीमा कर्मचारी अभावको समस्या समाधान हुन सकेको छैन । १ हजार ९ सय ९२ जनाको दरबन्दी रहेको कर्णाली प्रदेश सरकारमा संघीय सरकारबाट समायोजन भई आएका १ हजार ३  सय ५० जना कर्मचारी कर्णालीमा पठाए पनि सबै हाजिर नभएको प्रमुख सचिव केवलप्रसाद भण्डारीले बताए ।