मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक २३ शनिबार ०७:३०:००
Read Time : < 1 मिनेट
खेलकुद

पिएसएलमा पाँच नेपाली खेलाडी सिफारिस

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २३ शनिबार ०७:३०:००

नेपाल क्रिकेट संघ (क्यान)ले पाकिस्तान सुपर लिग (पिएसएल)का लागि पाँच नेपाली खेलाडीको नाम सिफारिस गरेको छ । क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)सँगको समन्वयमा पिएसएलको आगामी संस्करणका लागि प्लेयर ड्राफ्टमा समावेश गर्न पाँच नेपाली खेलाडीको नाम सिफारिस गरेको हो । 

क्यानले पिएसएलको प्लेयर ड्राफ्टका लागि राष्ट्रिय टोलीका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी, बलिङ अलराउन्डर करण केसी, ब्याटिङ अलराउन्डर आरिफ सेख, स्पिनर ललितनारायण राजवंशी र अलराउन्डर पवन सर्राफलाई सिफारिस गरेको हो । 

क्यानले आइसिसीमार्फत यी खेलाडीको नाम पिएसएल प्लेयर ड्राफ्टमा समावेश गर्न पठाएको हो । आइसिसीले यी नाम पिएसएल आयोजक पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)लाई पठाउनेछ । पिएसएलको आगामी सिजन २०२० को फेब्रुअरीदेखि मार्चभित्र आयोजना हुने पिसिबीले जनाएको छ । प्लेयर ड्राफ्टबाट छनोट हुने कुनै पनि नेपाली खेलाडीले आफ्नो पहिलो विदेशी फ्रेन्चाइज लिगका रूपमा पिएसएल खेल्नेछन् । विनोद, करण, आरिफ, पवन र ललितमध्ये कुनै पनि खेलाडीले अहिलेसम्म विदेशी फ्रेन्चाइज लिग खेलेका छैनन् ।

पिसिबीले पिएसएलको आगामी सिजनका सबै खेल पाकिस्तानमै आयोजना गर्ने जनाएको छ । त्यसैले यो संस्करणमा पिसिबीले पाकिस्तानमा गएर खेल्न तयार रहेका खेलाडीलाई मात्रै पिएसएलका लागि आफ्नो नाम प्लेयर ड्राफ्टमा समावेश गर्न भनेको छ ।