मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २२ शुक्रबार १८:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

राजपासँग पार्टी एकीकरण गर्ने भट्टराईकाे खुलासा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २२ शुक्रबार १८:२८:००

समाजवादी पार्टी नेपाल संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकको संघीयतालाई समुन्नत ढंगले अघि बढाउन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग पार्टी एकीकरण गर्न जोड गरेकाे खुलासा गरेका छन् । उनले जनजाति आन्दोलनमा आबद्ध पार्टीहरु र राजपासँग पार्टी एकता गरेर मुलुकलाई भरपर्दो विकल्प दिन लागि परेको दावी गरे । 

पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवद्वारा लिखित ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ पुस्तकको शुक्रबार काठमाडौंमा विमोचन गर्दै भट्टराईले पश्चागामी सोच भएका राजनीतिक दलहरुले शासन संचालन गरिरहेको भन्दै त्यसबाट मुलुकमा संघीयता बलियो नहुने बताए । उनले यादवद्वारा लिखित पुस्तक मुलुकको संघीयतालाई बलियो बनाउन भरपर्दो सन्दर्भ सामग्री हुने विश्वास व्यक्त गरे ।