१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ कार्तिक २२ शुक्रबार १८:११:००
Read Time : < 1 मिनेट
समाचार

आइतबार विदा परेकाले आलमको मुद्दामा बाँकी थुनछेक बहस सोमबार हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ कार्तिक २२ शुक्रबार १८:११:००

पूर्वमन्त्री अफताव आलमविरुद्धको मुद्दामा बाँकी थुनछेक बहस प्रदेश २ मा आइतबार विदा परेकाले सोमबार मात्र हुने भएको छ । 

मुस्लिम धर्म प्रवर्तक मोहम्मद पैगम्बरको जन्मजयन्तीको अवसरमा प्रदेश २ सरकारले कार्तिक २४ गते विदा दिने निर्णय गरेको हो । 

सरकार पक्ष र जाहेरवालाको तर्फबाट वकालतनामा परेका सबैको शुक्रबार बहस सकिएको छ । बहस सकिएपछि रौटहट जिल्ला अदालतले आइतबार साढे १० बजे बहसका लागि उपस्थित गराउने गरि आलमलाई प्रहरीको जिम्मा लगाएर पठाएको थियो ।

अदालतका श्रेस्तेदार गुणराज पराजुलीले आइतबार प्रदेश २ सरकारले छुट्टी दिने निर्णय गरेकाले अर्को बहस सोमबार हुने बताए । ‘अर्को बहस आइतबार हुने भनेर पठायौं,’ उनले भने, ‘प्रदेश सरकारले विदा दिएको त्यसपछि मात्र थाहा भएकाले अब सोमबार मात्र बहस हुन्छ ।’ 

आलमका तर्फबाट शुक्रबारसम्म ३४ जनाले वकालतनामा भरेको पराजुलीले जानकारी दिए । प्रतिवादी तर्फका कानुन व्यावसायीको बहस मंगलबारसम्म टुंगिने संभावना छ ।