मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवीन लोचनमगर रोल्पा
२०७६ कार्तिक २२ शुक्रबार १७:३०:००
Read Time : < 1 मिनेट
समाचार

सीमा मुद्दामा सरकारको दृढता जरुरी : मोहनविक्रम सिंह

Read Time : < 1 मिनेट
नवीन लोचनमगर रोल्पा
२०७६ कार्तिक २२ शुक्रबार १७:३०:००

नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपालका कुनै पनि सरकारले भारतीय हस्तक्षेपको दृढतापूर्वक विरोध गर्न नसकेको बताएका छन् । उनले वर्तमान सरकार पनि दबेको स्वरमा मात्र बोलेको आरोप लगाएका छन् । 

पार्टी कार्यक्रममा रोल्पा पुगेका महामन्त्री सिंहले दबेको स्वरमा नेपाली भूमिलाई भारतीय नक्सामा देखाएको कुरामा सरकारले विरोध जनाए पनि पर्याप्त नभएको बताए । जनताको शक्ति र जागरणसहित सरकारले सीमा विवाद कुटनीतिक पहलबाट समाधान गर्नुपर्ने उनले उल्लेख गरे ।

राजाले कसरी बचाउँछ राष्ट्रियता ?

राजावादीहरुले नेपालको राष्ट्रियता जोगाउन राजा आउनुपर्ने तर्क गर्ने गरेको सुनाउँदै महामन्त्री सिंहले कालापानीमा भारतीय सेना बस्दा राजसंस्था थियो, कसरी बच्यो राष्ट्रियता ? भन्दै प्रश्न गरे । कम्युनिष्ट भनिएकाहरु समेत दक्षिणपन्थी संशोधनवादमा भासिएको अवस्थामा राजसंस्थाको कल्पना समेत गर्न नसकिने उनको भनाइ छ । नेपाली जनताको शक्ति र आवाजले मात्र राष्ट्रियता जोगिने सिंहले बताए । नेपालीको दृढतापूर्ण राष्ट्रिय जागरण, अन्तर्राष्ट्रिय समर्थन र सरकारको एकताबद्ध पहलकदमीले मात्र राष्ट्रियता जोगिने सिंहले बताए ।

विप्लव र मोहन वैद्य गलत बाटोमा

अर्को प्रसगमा बोल्दै महामन्त्री सिंहले मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ गलत बाटोमा हिडेको बताए । मार्क्सवादी सिद्धान्तअनुरुप उनीहरुको गतिविधि नभएको टिप्पणी गर्दै अहिलेको व्यवस्थालाई पूर्णतः निषेध गरेर अर्को परिवर्तन गर्छु भन्ने कुरा सम्भावना नभएको बताए । यो व्यवस्था क्रान्तिकारी नभए पनि यसैमा टेकेर अगाडि बढ्न सकिने भन्दै उनले सकारात्मक कुरालाई आत्मसाथ गर्ने र गलतलाई परिमार्जित गर्दै जानु पर्नेमा जोड दिए ।