मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका बैतडी
२०७६ कार्तिक २२ शुक्रबार १३:४२:००
Read Time : < 1 मिनेट
समाचार

बैतडीका एक वडा सदस्य मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका बैतडी
२०७६ कार्तिक २२ शुक्रबार १३:४२:००

बैतडीको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा भेटिएका छन् । शुक्रबार पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । 

गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न गएका वडा सदस्य पार्कीको मृत्युबारे तत्काल थाहा हुन नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।