मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ कार्तिक २२ शुक्रबार ११:४८:००
Read Time : < 1 मिनेट
प्रदेश

छठको मठ हटाउने विषयमा झडप

सात प्रहरीसहित डेढ दर्जन घाइते

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार ११:४८:००

विवादित जग्गामा छठको मठ (श्रीवस्ता) हटाउने विषयमा गाउँले र प्रहरीबीच झडप हुँदा प्रहरी र गाउँले दुवैतर्फ गरी करिब डेढ दर्जन घाइते भएका छन् । छठ घाटका विषयमा विवाद हुँदा हिन्दू र मुस्लिम समुदायबीच द्वन्द्व हुन नदिन प्रहरीले मठ उठाउने क्रममा प्रहरी र गाउँलेबीच झडप भएको हो । झडपमा परी प्रहरीतर्फ प्रहरी निरीक्षकसहित सातजना र गाउँलेतर्फ ११ जना घाइते भएका छन् । 

विवादास्पद जग्गामा हिन्दू समुदायले छठका लागि मठ निर्माण गरी छठ पूजा सम्पन्न गरेपछि उक्त मठ हटाउने सहमतिबमोजिम नहटाइएको भन्दै मुस्लिम समुदायले प्रहरीलाई खबर गरेको थियो । घटनास्थल पुगेको प्रहरीले भोलिपल्ट वार्ताका लागि दुवै पक्षलाई बोलाएको भए पनि अघिल्लो रात नै बिहीबार करिब १२ बजे प्रहरीले उक्त मठ हटाउन जाँदा हिन्दू समुदायका गाउँले र प्रहरीबीच झडप भएको हो ।

‘छठ पर्वअघि प्रशासनमा भएको सहमतिअनुसार छठ पूजा सम्पन्न भएपछि उक्त श्रीवस्ता हटाउने सहमति भएको हो, हामीले हटाएका हौँ,’ स्थानीय हरेन्द्रप्रसाद सहनीले भने, ‘तर, प्रहरीले ज्यादती गर्दै उक्त हटाएको स्थानबाट श्रीवस्ताको गाडीमा राखी लैजान लागेपछि हामी बाध्य भएर प्रतिरोध गर्न गएका हौँ ।’ 

अघिल्लो वर्ष पनि छठकै समयमा सोही स्थानमा दुवै समुदायबीच झडप भएको थियो । सोही घटनालाई लिएर प्रहरीले दुवै समुदायबीच झडप नहोस् भन्ने उद्देश्यका साथ उक्त श्रीवस्ता हटाउन रातको समय मिलाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जितसिंह राठोरले जानकारी दिए ।