मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७५ पौष १ आइतबार १४:०५:००
Read Time : < 1 मिनेट
समाचार

संघीय संसदको हिउँदे अधिवेशन छिट्टै हुने : मन्त्री ढकाल

Read Time : < 1 मिनेट
२०७५ पौष १ आइतबार १४:०५:००

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले संघीय संसदको हिउँदे अधिवेशन छिट्टै आह्वान हुने बताएका छन् । 

प्रतिनिधिसभा भवन मर्मत सम्हार भइरहँदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ढकालले हिउँदे अधिवेशन आह्वान गर्ने तयारी अन्तिम चरणमा पुगेको उल्लेख गर्दै अव ढिलाई नहुने बताए । आइतबार काठमाडौंमा आयोजित संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उनले आगामी हिउँदे अधिवेशनमा सरकारले संविधानसँग बाँझिएका कानुन निर्माणको कामलाई उच्च प्राथमिकतामा राखेको बताए ।

आगामी फागुन २० गते भित्र संविधानसँग बाँझिएका सबै कानुन संशोधन गरि सक्नुपर्ने संवैधानिक व्यवस्था छ । मन्त्री ढकालले सो संवैधानिक प्रावधान अनुसार सबै कानुनलाई संविधान अनुकूल बनाउन सरकारले उच्च प्राथमिकता दिने बताए । उनले साझा सूचि र संक्रमणकालीन न्यायका लागि आवश्यक कानुन निर्माणको काम संघीय संसदको आगामी हिउँदे अधिवेशनमा सम्पन्न गर्ने सरकारको योजना रहेको बताए । 

मन्त्री ढकालले हालै सम्पन्न अन्तरप्रदेश परिषदको बैठकले साझा सूचिसँग सम्बन्धित कानुन निर्माणको कामलाई सहज बनाएको बताए ।