मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २२ शुक्रबार ०७:१२:००
Read Time : < 1 मिनेट
अर्थ

सुदूरपश्चिम प्रदेशले वित्तीय सम्मेलन गर्ने

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार ०७:१२:००

सुदूरपश्चिम प्रदेश सरकारले २० मंसिरमा वित्तीय सम्मेलन गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले बताए । प्रदेशको वित्तीय क्षेत्रका सम्भावनाहरू उजागर गर्न र लगानीमैत्री वातावरण निर्माण गर्न वित्तीय सम्मेलन गर्न लागेको उनले जानकारी दिए । सरकारले यसै वर्ष लगानी सम्मेलन गर्ने तयारीसमेत गरेको छ ।

विभिन्न बैंक, लघुवित्तलगायतका वित्तीय संस्थाहरूका प्रमुख तथा प्रतिनिधिहरू सम्मेलनमा सहभागी हुने सरकारले जनाएको छ । सम्मेलनमा अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर, योजना आयोगका अध्यक्ष, लगानी बोर्डका अध्यक्षलगायतको सहभागिता रहने मन्त्री शाहले जानकारी दिए ।

सम्मेलनले यहाँको वित्तीय अवस्थाको जानकारी दिने, सम्भावना उजागर गर्नुका साथै लगानीमैत्री वातावरण निर्माणमा सहयोग पुग्ने सरकारले जनाएको छ । वित्तीय सम्मेलनपछि सरकारले लगानी सम्मेलन गर्नेछ ।

मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेश राजधानी पूर्वाधार विकास समिति गठन आदेशसमेत पारित गरेको छ । समितिमार्फत पूर्वाधार विकासका कामहरू अगाडि बढाइने बताइएको छ । राजधानी तोकिएको गोदावरीको जमिनको स्वामित्व संघीय सरकारबाट नपाएपछि प्रदेश सरकारले पूर्वाधार निर्माणका कामहरू सुरु गर्न सकेको छैन ।