मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सन्ताेष खनाल
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २२ शुक्रबार ०८:१०:००
Read Time : < 1 मिनेट
सप्तरंग

फिल्मी किरोले चिनायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २२ शुक्रबार ०८:१०:००

टेलिभिजन कार्यक्रम ‘फिल्मी किरो’मा बाजेको गेटअपमा प्रस्तोता भएर देखिँदै आएको छु । मलाई धेरैले साँच्चै बुढो ठान्छन् । तर, म ३६ वर्षको मात्रै भएँ । कार्यक्रममा आउने अतिथिहरू पहिला बुढो मान्छेसँग के कुरा गर्ने भनेर गनगनाउँछन् । कार्यक्रम सकिएपछि गेटअप उतार्दा छक्क पर्छन् । म अभिनय र लेखनमा पनि सक्रिय छु । गाउँमा सानैदेखि सडक नाटक गरिन्थ्यो । ०५९ सालतिर कुसुम नाट्य समूहमा आबद्ध भएर दुई सयजति सडक–नाटक गरियो ।

त्यसपछि संघर्ष गर्दै म नवलपरासीबाट काठमाडौं आएँ । यहाँ आएर टिभी सिरियलमा काम गर्ने अवसर खोज्दै खुब हिँडियो । त्यो अवसर जु-यो, सन्तोष पन्तको ‘हिजो आजका कुरा’बाट । त्यसपछि दीपकराज गिरीको ‘तितो–सत्य’, ‘जिरे खुर्सानी’, ‘जय होस्’, ‘मेरी बास्सै’, ‘लगन जुर्लाजस्तो छ’ सिरियलमा विभिन्न भूमिका गरेँ ।

जिरे खुर्सानीमा पटकथा लेखनमा पनि संलग्न थिएँ । यस अवधिमा म्युजिक भिडियोको निर्देशन पनि गरेँ । दर्जनजति गीतमा कलम चलाएको छु । एक्टर स्टुडियोमा अभिनयको क्लास लिएपछि ‘६ एकान ६’, ‘सुश्री’, ‘चंगाचेट’, ‘वीरविक्रम–२’ लगायत फिल्ममा खेलेको छु । तर पनि दर्शकले मलाई ‘फिल्मी किरो’को बाजे भनेर चिन्छन्, खुसी लाग्छ ।