मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २१ बिहीबार २१:४२:००
Read Time : > 1 मिनेट
विश्व

यु–ट्युवले ल्याउँदै नयाँ सर्त, भिडियाेमा कस्काे अधिकार ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २१ बिहीबार २१:४२:००

यु–ट्युवले आगामी महिनाबाट आफ्नो टर्म्स अफ सर्विसेस (सेवाका सतहरु) बदल्ने भएकाे छ । अहिले युट्युवले यस परिवर्तनबारे आफ्ना प्रयोगकर्ताहरुलाई सुचित गराइरहेको छ । हिजो आज तपाईले युट्युव खोल्दा पेजको सबैभन्दा माथि परिवर्तनको सुचनायुक्त ब्यानर देख्न सक्नु हुन्छ । उक्त ब्यानरको विस्तारमा यु–ट्युवका प्रयोगकर्ताहरुका लागि हुने परिवर्तन उल्लेख गरिएको छ । 

यु–ट्युवको स्वामित्ववाला कम्पनी गुगलले यु–ट्युवका नयाँ सेवा सर्तहरु डिसेम्बर १० बाट लागु हुने बताएको छ । परिवर्तनहरुमा तपाईले सेवालाई कसरी परिवर्तन गर्न सक्नु हुन्छ, त्यसबारेमा निर्देशिका समावेश छ । यु-ट्युवमा तपाईले प्रकाशित गर्ने सामाग्रीमाथि कस्को अधिकार वा स्वामित्व र यु-ट्वुवले कस्ता सामाग्रीहरु हटाउनेछ जस्ता कुरा रहनेछ । 

नयाँ सेवा सर्तअनुसार यु–ट्युवले उसको सेवामा प्रकाशित सामाग्रीहरुमाथि निगरानी गर्ने अधिकार सुरक्षित राखेको छ । साथै अरुलाई उपभोग गर्न ठीक नुहुने सामाग्रीलाई उसले सुचित गराउने अधिकार पनि आफूमा सुरक्षित रहेको बताएको छ । ‘यस सेवामा तपाईले पेस गर्नुहुने सामाग्रीको लागि तपाई स्वयमले कानुनी रुपमा जिम्मेवार हुनुहुनेछ । तपाईको सामाग्रीमा दुर्व्यवहार र कानुनी उलघंन भए नभएको मूल्याकंन गर्नका लागि हामी स्वाचालित प्रणालीको प्रयोग गर्न सक्छौं,’ यूट्युवले भनेको छ । 

हालै केही एप र वेवमा आधारित सेवामा अपलोड वा प्रकाशित हुने सामाग्रीको स्वामित्वलाई लिएर वहस भइरहेका थिए । कुनै सामाग्री प्रकाशित भइसकेपछि त्यसको स्वामित्व कोसँग हुन्छ ? भन्ने प्रश्नमा यु-ट्युवको नयाँ सेवाको सर्तले भनेको छ, ‘तपाईको सामाग्रीको स्वामित्वको अधिकार तपाईसँगै हुन्छ । तथापि तपाईले निश्चत अधिकार यु-ट्युव र सेवाका अन्य प्रयोगकर्ताहरुलाई प्रदान गर्नुपर्छ ।’

यु–ट्युवले अगाडि भनेको छ, ‘हाम्रो सेवालाई सामाग्री दिएपछि तपाईले ती सामाग्रीको प्रयोग सम्बन्धमा यु–ट्युवलाई विश्वव्यापी, रोयल्टी–मुक्त, हस्तान्तरणयोग्य, नन–एक्सक्लुसिभ लाइसेन्स दिनु भएको मानिन्छ । युट्युवले ती सामाग्री हाम्रो व्यवसायको सन्दर्भमा पुनः प्रयोग गर्न सक्छौँ ।’ यु–ट्युवको नयाँ ‘सेवा सर्तहरु’ डिसेम्बर १० बाट सम्पूर्ण प्रयोगकर्ताहरुका लागि लागू हुनेछ । एजेन्सी