मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका डडेल्धुरा
२०७६ कार्तिक २१ बिहीबार १८:१४:००
Read Time : < 1 मिनेट
समाचार

सत्याग्रही डा. केसीको स्वास्थ्यमा समस्या 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका डडेल्धुरा
२०७६ कार्तिक २१ बिहीबार १८:१४:००

चार दिनदेखि अनशनरत् डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या आउन थालेको छ । केसीको उपचारमा संलग्न डा. जितेन्द्र कंडेलका अनुसार उनको रक्तचापमा उत्तराचढाव देखिएको छ । साथै उनको पिसाबमा पनि संक्रमण देखिएको उनले बताए ।

गत सोमबारदेखि डडेल्धुराको अस्पताल रोडस्थित निलकण्ठ भट्टको घरमा केसीले १७ औं अनशन थालेका हुन् । डडेल्धुराको सरकारी अस्पतालमा अनशन बस्न नमानेपछि आफ्नो घरको तेस्रो तलामा अनशनका लागि दिएको घरधनी भट्टले बताए ।

डडेल्धुराको सरकारी अस्पतालका स्वास्थकर्मीसमेत रहेका भट्टले केसीका माग जनतामुखी भएकाले सरकार संवेदनशील बन्नु पर्ने तर्क राखे । उनले भने, ‘डा. केसी सरकारी अस्पतालमा बस्न मान्नु भएन । जनताले राम्रो सेवा, सुविधा पाउनु पर्छ भन्दै काठमाडौंबाट आउनु भएकाले स्वास्थ्यलाई ध्यानमा दिँदै मेरो घर अस्पताल नजिकै भएकाले यही व्यवस्था गरिएको हो ।’

डा. केसीको अनशनमा स्थानीयवासीको समर्थन रहेको भट्टले बताए । उनको सर्मथनमा स्थानीय नागरिक समाजको अगुवाईमा डडेल्धुराको बागबजारदेखि अनशनस्थलसम्म जुलुस निकालिएको थियो ।