१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका कास्की
२०७६ कार्तिक २१ बिहीबार १२:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पोखरा निर्वाचन कार्यालय नजिक बम विस्फोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कास्की
२०७६ कार्तिक २१ बिहीबार १२:३१:००

पोखराको बैदामस्थित निमाणाधिन टुरिस्ट बसपार्कमा बम विस्फोट भएको छ । बिहीबार बिहान १०ः३० बजे भएको विस्फोटमा कुनै मानविय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालयले कास्की जनाएको छ ।

कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीकाअनुसार बम विस्फोट भएको स्थान मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा जिल्ला प्रहरी कार्यालय भन्दा करिव पाँच सय मिटर टाढा छ ।

निर्माणाधिन बसपार्कमा कामदारले काम गरिरहेको भएपनि बिहान कामदार नभएका कारण  मानविय  क्षति भएको छैन । कुन विस्फोटक पदार्थ बिस्फोट भएको हो भन्ने बारे एकिन भइसकेको छैन । बिस्फोटन नेत्रविक्रम चन्द विप्लव समूहले  गराएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । 

उप–निर्वाचनको उमेद्धार मनोनयनको अन्तीम दिन पोखरामा विस्फोट भएको हो । विस्फोटसँगै जिल्लाको सुरक्षा कडा पारिएको छ भने विस्फोट गराउने समूहको खोजिकार्य तिव्र पारिएको कास्की प्रहरीले जनाएको छ ।