Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक २१ बिहीबार १०:४१:००
Read Time : < 1 मिनेट
समाचार

ऊर्जामन्त्रीद्वारा भेरी–बबई ड्राइभर्सन आयोजनाको सुरुङ निरीक्षण

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २१ बिहीबार १०:४१:००

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भेरी–बबई ड्राइभर्सन आयोजनाको सुरुङ निरीक्षण गरेका छन् । बुधबार उनले १२ दशमलव दुई किलोमिटर लामो सुरुङको एक घन्टा लगाएर निरीक्षण गरेका छन् । उनी सुरुङको निकास रहेको भेरीगंगा नगरपालिकाको हात्तीखालबाट चप्ले पुगेका हुन् ।

मन्त्री पुनले राष्ट्रिय गौरवका आयोजनाहरू प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निगरानी रहेकाले बजेटको अभाव नहुने बताए । ‘राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्रीको निगरानीमा नै रहेका छन् । यी आयोजनामा बजेट तथा जनशक्तिको कमी हुन दिइँदैन,’ उनले भने । 

सिँचाइ, विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माण भइरहेको भेरी–बबई ड्राइभर्सन आयोजनाको बाँध, विद्युत्गृहलगायत संरचना सँगसँगै निर्माण गर्ने प्रक्रिया सुरु गरिएको मन्त्री पुनले बताए । ‘यो आयोजनाको सबै काम एकैचोटी निर्माण भइरहेको छन् । कामको तीव्रतामा नै यसको मुख्य आधार हो,’ उनले भने । 

भेरी–बबई आयोजनाबाट ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसका लागि खात्तिखादमा जनताको जलविद्युत् आयोजनाअन्तर्गत छुट्टै कम्पनी दर्ता गरेर निर्माण थालनी गरिने मन्त्री पुनले बताए । टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिमार्फत यो आयोजनाको सुरुङ निर्माण गरिएको हो ।