मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक २१ बिहीबार १०:३१:००
Read Time : < 1 मिनेट
प्रदेश

प्रदेशप्रमुख कलौनीद्वारा  पदभार ग्रहण

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २१ बिहीबार १०:३१:००

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले पदभार ग्रहण गरेका छन् । बुधबार प्रदेशप्रमुखको कार्यालयमा पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै प्रदेश प्रमुख कलौनीले आफू संविधानको पालक भएको बताएका छन् । ‘नेपाल सरकारको प्रतिनिधिका रूपमा आएको छु । मैले संविधानको पूर्णरूपमा पालना गर्ने हो,’ कलौनीले भने ।

प्रदेशप्रमुख कलौनीको पदभार ग्रहण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, कर्णाली प्रदेशका मन्त्री तथा कर्णाली प्रदेशका संवैधानिक निकायका प्रमुखको उपस्थिति रहेको थियो । दुर्गाकेशर खनाललाई प्रदेशप्रमुखबाट पदमुक्त गरेपछि कलौनी नयाँ प्रदेश प्रमुख नियुक्त भएका हुन् ।