मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका लहान
२०७६ कार्तिक २१ बिहीबार १०:१८:००
Read Time : < 1 मिनेट
प्रदेश

बन्चरो प्रहार गरी श्रीमतीको हत्या, हत्यारा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका लहान
२०७६ कार्तिक २१ बिहीबार १०:१८:००

सिरहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका–२ बन्दीपुर सलहेस टोलस्थित आफ्नै घरको आँगनमा श्रीमतीको हत्या गरी फरार भएका ४५ वर्षीय रामबाबु पासवान करिब सात घन्टापछि रामनगर मिर्चैयाबाट पक्राउ परेका छन् ।

घरायसी विवादमा भनाभन हुँदा दाउरा चिरिरहेको बन्चरो प्रहार गरी ४० वर्षीया श्रीमती कविताको हत्यापछि पासवान फरार भएका थिए । स्थानीय छिमेकीको सहयोगमा व्यापक प्रहरी परिचालन गरी खोजी गर्ने क्रममा उनलाई छिमेकी मिर्चैया नगरपालिका– ६ मा पर्ने रामनगर मिर्चैयास्थित आफन्तको घरमा लुकेर बसिरहेको अवस्थामा बुधबार अपराह्न करिब ४ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले बताए ।

अत्यधिक मदिरा सेवन गरी लर्बराएका पासवानलाई लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको भए पनि अन्य कुरा नखुलेको डिएसपी बोहराको भनाइ छ । प्रहरीका अनुसार पासवानलाई इलाका प्रहरी कार्यालय मिर्चैयाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । मृतकको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याइएको छ । 

 घरायसी विवादले लियो ज्यान
श्रीमती कविता बुधबार बिहान करिब ९ बजेतिर बन्दीपुर बजारबाट किनमेल गरेर फर्किँदा पासवान आफ्नै घरको आँगनमा दाउरा चिर्दै गरेको देखिएको छिमेकीहरू बताउँछन् । घरायसी विषयमा सामान्य भनाभन हुँदा मदिरा सेवन गरेका उनले श्रीमतीलाई एक्कासि बन्चरो प्रहार गरे ।

 कविता घटनास्थलमै ढलेपछि पासवान फरार भएको स्थानीयलाई उद्धृत गर्दै कर्जन्हा– २ का वडाध्यक्ष गणेशकुमार अधिकारीले बताए । ‘घटनाको सूचना पाएलगत्तै तत्काल प्रहरीलाई खबर गरेँ,’ वडाध्यक्ष अधिकारीले भने ।