मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २१ बिहीबार ०९:११:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

फ्रस्टेसन भएमा ... के गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २१ बिहीबार ०९:११:००
  •  फ्रस्टेसन पहिलो स्टेजमा भएको मानिसलाई काम गर्न मन नलाग्ने, मन दुःखी भइरहने हुन्छ । यस्तो अवस्थामा खुसी हुने उपायको खोजी गर्ने ।
  •  साथीभाइसँग खुलेर आफ्नो समस्याका विषयमा कुरा गर्ने । 
  •  समयमा खाने, पूरा निद्रा सुत्ने, मन परेको गीत सुन्ने, घुम्न जाने तथा रचनात्मक काममा व्यस्त रहने गर्नुपर्छ । 
  •  व्यायाम गर्नुस्, योगा गरेर मन खुसी राख्न प्रयास गर्नुस् । विगतका कुरा सम्झेर दुःखी नहुनुस् । सकारात्मक कुरामा मात्रै ध्यान केन्द्रित गर्नुस् । 
  •  अहिलेको अवस्थामा तपाईंको सामु उपलब्ध राम्रा कुरा, जसले आशाको सञ्चार गराउन सक्छन्, जस्तो तपाईंको वरपरको हरियाली वातावरण, तपाईंको  मिल्ने साथी, तपाईंले माया गरेर घरमा पालेको जनावर इत्यादिलाई नियाल्नुस् । लामो सास लिनुहोस् । यति गर्दा पनि मन शान्त नभएमा मनोपरामर्शदाता वा चिकित्सककोमा जानुपर्छ । साइकोथेरापी वा औषधिको सेवनले पनि समस्याबाट छुटकारा पाउन सकिन्छ ।
  •  फ्रस्टेसनका तीन स्टेजमध्ये पहिलो र दोस्रो स्टेजका बिरामीले सही परामर्शबाट पनि समस्या समाधान गर्छन् । तेस्रो अवस्थामा पुगेमा चिकित्सकको सल्लाहअनुरूप औषधि सेवन गर्नुपर्छ ।