Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक २० बुधबार १९:४५:००
Read Time : > 2 मिनेट
समाचार

आलम प्रकरण : प्रत्यक्षदर्शी भन्छन् - जिउँदो मान्छे बोरामा कोचेर ल्याए, ३ घण्टा लगाएर जलाए

तत्कालिन अनुसन्धान अधिकृत भन्छन् - ‘०६५ सालमै मुद्दा चलाउ भनेकाे थिएँ’

Read Time : > 2 मिनेट
२०७६ कार्तिक २० बुधबार १९:४५:००

पूर्वमन्त्री एवं सांसद आफताव आलमविरुद्ध २०६५ सालमै प्रहरीले मुद्दा चलाउनु पर्ने रायसहित सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको तत्कालिन अनुसन्धान अधिकृत राजिवप्रसाद बस्नेतले बयान दिएका छन् । 

तत्कालिन प्रहरी निरीक्षक तथा हालका प्रहरी नायव उपरीक्षक बस्नेतले १२ कात्तिक २०७६ मा सरकारी वकिल कार्यालयमा गरेको बयानमा प्राप्त प्रमाणबाट आलमसमेत विरुद्ध मुद्दा चलाउने राय पेश गरेको बताएका हुन् ।

तत्कालिन सरकारी न्यायाधीवक्ता धु्रवमणी ज्ञवालीले तत्काल प्राप्त प्रमाणबाट कोही कसै उपर मुद्दा चलाउन नमिल्ने भन्दै खोजेका बखत उपस्थित गराउने गरि माथवर व्यक्तिको जिम्मा जमानीमा छाड्ने लिखित पत्रादेश दिएको उनले बयान दिएका छन् । त्यसैगरी इँटा भट्टामा काम गर्ने राजेशप्रसाद सहनीले गरेको बयानमा जिउँदै मानिसलाई भुंग्रोमा हालेको बयान दिएका छन् ।

तत्कालिन अनुसन्धान अधिकृत प्रहरी निरीक्षक हालका प्रहरी नायब उपरीक्षक राजिवप्रसाद बस्नेतले दिएको घटना विवरण यस्तो छ :
‘मलाई अनुसन्धान अधिकृत तोक्नु भएकोमा मैले अनुसन्धान गर्दै जाँदा मुद्दाका फरार प्रतिवादी शेख भदईलाई मिति २०६५/०३/०१ गतेका दिन पक्राउ गरी अनुसन्धान कार्य गर्दै गरेको अवस्थामा अन्य प्रतिवादी मो. अफताव आलम, मो. महताव आलम, शेख सेराज भन्ने सेखसरोज, मो. मोबिन आलम, समेतका प्रतिवादीहरु ऐ. ०९ बिहान अन्दाजी १०ः०० बजेको समयमा संयुक्त निवेदन साथ यस लगायतको सम्पूर्ण अनुसन्धान कार्य सम्पन्न गरी घटनाका प्रत्यक्षदर्शी शैलेन्द्र साह समेतको संयुक्त निवेदन, रोक्शना खातुन, श्रीनाराण सिंह राजपुत समेतको किटानी जाहेरी दरखास्त, घटनास्थल प्रकृति मुचुल्का, मौकामा घटना प्रत्यक्षरुपमा देख्ने प्रत्यक्षदर्शी सराजुल मियाले गरी दिएको घटना विवरण कागज अन्य समसुल मिया, मोहम्मद जाजुल मया, मृतक ओसी अख्तरको श्रमती आमना खातुनले दिएको कागज, ओहिद मिया कवाडी, सहजान आतुन, कलाम मिया, जफरुल मिया समेतका मानिसहरुले गरी दिउको कागज र मृतक ओसी अख्तरको जुत्ता, मोजा, हाइनेक (स्वीटर) समेत घटनास्थलमा फेला गरेको कारण समेतका यी सबुत प्रमाण्बाट प्रतिबादी मो. अफताब आलम समेतकाप्रतिवादीहरुको घटनामा संलगा रहेको प्रष्ट देखिन आएको हुँदा प्रतिवादी मोहम्मद अफताब आलम समेत उपर मुलुकी ऐन २०२० जन सम्बन्धि महलको १ नं. विपरित १३ (१) नं. बमोजिमको परिभाषित कसूर अपराधमा निजप्रतिबादीहरुलाई ऐ.ऐनको दफा १३ (१) नं. बमोजिम सजाय गरी पाउँ भनी मागदाती सहित निज प्रतिवादीहरु तथा सक्कल र नक्कल मिसिल केश फयल सोही दिन जिल्ला सरकारी वकिल कार्यालय, रोतहटमा पेश गरेकोमा सोही दिन जिल्ला न्यायाधिवक्ता ध्रुवमणी ज्ञावलीज्यूबाट हाल सबुत प्रमाण्को अभावमा कोही कसै उपर मुद्दा नचलाउने हुँदा निज प्रतिबादीहरुलाई खोजी भएका वखत उपस्थित गराउने गरी माथवर व्यक्तिको जिम्म जमानीमा छाडी दिनु हुन भनी पत्रादेशानुसार निज प्रतिवादीहरुलाई छाडिएको हो ।’

इँटा भट्टामा काम गर्ने प्रत्यक्षदर्शी राजेशप्रसाद सहनीले सरकारी वलिक कार्यालयमा गरेको बयान :

’राति करिब साढे १२ देखि १ बजेको बीचमा ट्याक्टरको आवज र मानिसहरुको खैलाबैलाले मेरो निन्द्रा भंग भयो । म उठें, रातको समयमा किन ट्याक्टरमा मानिस आएका हुन भनेर डर लाग्यो । ट्याक्टर नजिक पुग्दा मो आफतावब आलम, निजका भाई मो माहताव आलमलगायत करिब आधा दर्जन मानिसहरु थिए । उनीहरु नेता भएकाले मैले चिनें । अरुलाई चिन्न सकिँन् । बद्री सहनीसमेत सोही ट्याक्टरमा आएका रहेछन् । 

ट्याक्टरमा जुटको बोरामा मानिसहालेर ल्याएको रहेछन् । त्यो देखेर म धेरै डराएँ । मलाई निजहरुले ठूलो स्वरमा त्याहाँबाट टाढा जान आदेश दिए । म केही पर गएँ । बोरामा ल्याएका मानिसहरु पालै पालो निकाल्दै इँटा पोल्ने भुंग्रोमा हाल्न लागे ।

निजहरुले कति मानिसहरु ल्याए एकिन साथ संख्या भन्न सक्दिनँ । मलाई केही पर पठाएको कारण गन्न सकिँन । जसमध्ये कोही जिउँदै पनि हुनुपर्छ । किनकी मैले बोरामा चलमलाएको देखेको थिएँ ।
बद्री सहनीसमेत जलाउने काममा प्रत्यक्ष सहभागी बनेका थिए । उनीहरु करिब ३ घण्टा लगाएर जलाई सके पश्चात सबै जना गाउँ तिर फर्केका थिए ।’