मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २० बुधबार ०७:४४:००
Read Time : > 2 मिनेट
सेयर बजार

सुस्त गतिमा नेप्से

Read Time : > 2 मिनेट
२०७६ कार्तिक २० बुधबार ०७:४४:००

मंगलबार नेप्से परिसूचक शून्य दशमलव शून्य ७ प्रतिशत घटेर बन्द भएको छ । यस दिन कारोबार अवधिभर नेप्से परिसूचक सुस्त गतिमा रहेको थियो । यस दिनको नेप्सेको उच्च र न्यून बिन्दुबीच ३ अंकको मात्र फरक रहेको छ । नेप्से परिसूचक यस दिन ओरालो लागे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो दिन १९ करोडबराबरको सेयर खरिद–बिक्री भएको बजारमा यस दिन २८ करोडभन्दा बढीको सेयर किनबेच भएको छ । दुई कम्पनीको म्याचिङ कारोबारका कारण यस दिन कारोबार रकम बढेको हो । सोमबार कम्पनीहरूले घोषणा गरेको लाभांशको प्रभाव बजारमा देखिए पनि यस दिन भने त्यसको प्रभाव कम भएको छ । 

बजार सारांश
मंगलबार नेप्से परिसूचक शून्य दशमलव ८१ अंक घटेर १ हजार १ सय ३९ दशमलव ४५ बिन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ३९ अंक घटेर २ सय ५० दशमलव १२ बिन्दुमा पुगेको छ । यस दिन फ्लोट इन्डेक्स शून्य दशमलव शून्य ५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १३ अंक घटेर बन्द भएको छ । यस दिन १६२ कम्पनीको ३ हजार ९ सय ७३ पटकको कारोबारमा २८ करोड ४४ लाख ७२ हजार रुपैयाँबराबरको १० लाख ५८ हजार ८ सय ९६ कित्ता सेयर किनबेच भएको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ४४ दशमलव ६३ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ९२ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ६२ कम्पनीमध्ये ६२ कम्पनीको सेयरमूल्य बढेको छ भने ६७ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ३३ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

२ कम्पनीको सेयरमूल्यमा सर्किट
यस दिन बजार सुस्त गतिमा रहे पनि २ कम्पनीहरूको सेयरमूल्य सर्किट लेभलमा कारोबार भएको छ । ग्लोबल आइएमई समुन्नत स्किम १ को इकाइमूल्य यस दिन १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । सिभिल लघुवित्तको सेयरमूल्य यस दिन ५ दशमलव ६२ प्रतिशत, नयाँ नेपाल लघुवित्तको ५ दशमलव शून्य ७ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ४ दशमलव ८२ प्रतिशत र गुडविल फाइनान्सको ४ दशमलव ५८ प्रतिशत बढेको छ । यस दिन सिनर्जी पावर डेभलपमेन्टको सेयरमूल्य १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेको छ । सो जलविद्युत् कम्पनीको सेयरमूल्य यस दिन ८ रुपैयाँ घटेर ७२ रुपैयाँमा अन्तिम कारोबार भएको हो । दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्य यस दिन ५ दशमलव ७६ प्रतिशत, रिलायन्स फाइनान्सको ५ दशमलव शून्य ४ प्रतिशत, नेसनल हाइड्रोपावर कम्पनीको ३ दशमलव ७७ प्रतिशत र आँखुखोला जलविद्युत् कम्पनीको ३ दशमलव ६३ प्रतिशत घटेको छ ।

प्रभु बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार
यस दिन कारोबार रकम र सेयर संख्याका आधारमा प्रभु बैंकको संस्थापक सेयर अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन २ पटकको कारोबारमा ३ करोड ९४ लाख २३ हजार २४ रुपैयाँबराबरको २ लाख ४३ हजार ३ सय ५२ कित्ता सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेसनको यस दिन १ पटकको कारोबारमा २ करोड ६३ लाख २० हजार रुपैयाँबराबरको ४० हजार कित्ता सेयर किनबेच भएको छ । १६ प्रतिशत बोनस सेयर घोषणा गरेको प्रभु बैंकको यस दिन १ करोड ५६ लाखबराबरको सेयर किनबेच भएको छ । सो बैंकको सेयरमूल्य भने १ रुपैयाँ घटेर २ सय ६७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । एभरेष्ट बैंक र नबिल बैंकको कारोबार रकम यस दिन १ करोड नाघेको छ । प्रभुको सेयरमूल्य यस दिन स्थिर रहेको छ भने नबिल बैंकको २ रुपैयाँ बढेर ७ सय ७० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।  

७ समूहको परिसूचक घट्यो
यस दिन कारोबारमा आएका १२ समूहमध्ये ७ समूहको परिसूचक घटेको छ भने ४ समूहको बढेको छ । बाँकी १ समूहको परिसूचक भने यस दिन स्थिर रहेको छ । म्युचुअल फन्ड समूहको परिसूचक यस दिन १ दशमलव ८८ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ६९ र बैंकिङ समूहको शून्य दशमलव शून्य ४ प्रतिशत बढेको छ भने लघुवित्त समूहको परिसूचक यस दिन १ अंक बढेको छ ।

निर्जीवन बिमा समूहको परिसूचक यस दिन शून्य दशमलव ६८ प्रतिशत, वित्त समूहको शून्य दशमलव ६३ प्रतिशत, अन्य समूहको शून्य दशमलव ४७ प्रतिशत र होटेल समूहको शून्य दशमलव ३५ प्रतिशत घटेको छ । यस दिन जलविद्युत् समूहको शून्य दशमलव ३३ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ३ प्रतिशत र विकास बैंकको शून्य दशमलव शून्य ३ प्रतिशत घटेको छ । व्यापार उपसमूहको परिसूचक यस दिन स्थिर रहेको छ ।