Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक २० बुधबार ०७:४७:००
Read Time : < 1 मिनेट
राजनीति

‘प्रदेश ५ को राजधानी विकास नभएको ठाउँमा’

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २० बुधबार ०७:४७:००

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश ५ को राजधानी घोषणा हुन मात्र बाँकी रहेको दाबी गरेका छन् । राजधानी कुन ठाउँमा हुने नबताए पनि ‘विकास नभएको ठाउँमा’ राखिने टुंगो भएको उनले जिकिर गरे ।

‘सबैको सहमतिअनुसार ५ नं. प्रदेशको राजधानी टुंगो लागेर घोषणा गर्ने अन्तिम तयारी भइरहेको छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भने, ‘सबै जिल्लालाई पायक पर्ने ठाउँमा नै प्रदेश राजधानी तोकिनेछ । त्यसमा पनि विकास नभएको ठाउँमा प्रदेश राजधानी हुने विश्वव्यापी मान्यता र उदाहरण छन् । यहाँ पनि त्यसअनुसार नै गरिन्छ ।’

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीसहितको सहमतिमा प्रदेश ५ को स्थायी राजधानीको टुंगो लागिसकेको प्रचण्डको दाबी छ । उनले जनताको भावनामा ठेस नलाग्ने गरी राजधानी तय गरिने पनि बताए । ‘तपाईंहरू सबैलाई पायक पर्ने ठाउँमा हुन्छ, नभए बाँके र बर्दियाका जनताले मागेअनुसार हुन्छ,’ उनले भने । 

नेकपा बाँकेले आयोजना गरेको दसैँतिहार, नेपाल सम्वत् र छठ पर्वको शुभकामना आदान–प्रदानमा उनले नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाइनुपर्ने बताए । ‘हिल्सा–जमुनहा सडकले नेपालगन्जको विकासमा फड्को मार्न मद्दत गर्नेछ,’ उनले भने ।

बाँकेमै अर्को कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रदेश प्रमुखको नियुक्ति संवैधानिक व्यवस्थाअनुसार भएको जिकिर गरे । प्रेस संगठन, बाँकेले मंगलबार नेपालगन्ज विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानले दिएको अधिकार प्रयोग गरी सरकारले प्रदेश प्रमुख नियुक्त गरेको बताए ।