मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १९ मंगलबार १७:३२:००
Read Time : < 1 मिनेट
साहित्य

कोलम्बोमा सिलवालको ‘श्रीलंका स्मृति’ सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १९ मंगलबार १७:३२:००

लेखक तथा पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा सार्वजिनिक गरिएको छ । श्रीलंका संसदका सभामुख कारु जयासूर्या, श्रीलंका प्रेस एशोसिएसन (एसएलपिए)को अध्यक्ष मुदिता कारियाकार्वाना र इन्डियन फेडरेसन अफ वर्किङ जर्नालिस्ट (आइएफडब्लुजे)का अध्यक्ष बिभी मल्ल्किार्जुनाले संयुक्त रूपमा पुस्तक सार्वजिनिक गरेका थिए ।

एसएलपिएको ६४ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा विशिष्ट अतिथीका रुपमा निम्त्याइएका लाङटाङ सद्भावना दूतसमेत रहेका सिलवालको पुस्तक सोही कार्यक्रममा सार्वजनिक गरिएको हो । अघिल्लो वर्षसमेत विशिष्ट अतिथीका रुपमा त्यहाँ निम्त्याइएका उनले एक साता लामो श्रीलंका यात्रा पुस्तकमा समेटिएको छ ।

‘एक साताको श्रीलंका यात्रा मात्र होइन, त्यहाँ जानु पूर्वको तयारी, त्यहाँ पुग्दासम्मका अनेक भोगाइ, यात्रामा भेटिएका अनेक मानिस, संस्कृति र जीवन शैलीसँग जोडिएका सम्झनाहरूको संग्रह हो यो पुस्तक’, सिलवालले भने, ‘यो पुस्तक श्रीलंका परिचय होइन तर मैले चिनेको श्रीलंका भने पक्कै हो । जहाँ नेपालका जस्तै पहाडी वस्तीहरू थिए । बुद्धका अनुयायीहरू थिए । नेपालजस्तै राजनीतिको एउटा संक्रमण पार गरेर अर्को चरणमा प्रवेश गरेको स्थिति थियो । छिमेकी भारत थियो । चियाका बगानहरू थिए । मोहक तालहरू थिए । हरियाली थियो ।’

‘सगरमाथाको देशबाट सागरको देश र भूपरिवेष्ठित देशबाट समुन्द्रवेष्ठित देश गएको एउटा अन्वेषी यात्रुको कथा हो यो’, आएएफडब्लुजेकी विदेश सचिव गितिका तालुकदारले पुस्तकमाथि टिप्पणी गरिन् । नेपाल पर्यटन बोर्डको तर्फबाट नेपाल भ्रमण वर्ष २०२० को निम्तोसमेत लिएर श्रीलंका पुगेका सिलवालले बुद्ध जन्मेको देश नेपाल र बुद्धप्रेमी देश श्रीलंकाबीचको हार्दिक सम्बन्धलाई पर्यटनमार्फत अझ बलियो बनाउन सकिने बताए ।