अक्षय कुमार हिन्दी सिने जगत्का सफल अभिनेताका रूपमा चिनिन्छन् । पछिल्ला केही वर्षयता उनका अधिकांश फिल्म सुपरहिट भएका छन् ।
शरीरलाई फिट राख्ने मामिलामा पनि उनी अरूभन्दा अगाडि नै छन् । दीपावलीको अवसरमा उनको लिड रोल रहेको फिल्म ‘हाउसफुल ४’ पर्दशनमा आएकोे थियो । बक्स अफिसमा यो फिल्म सफल हुँदै छ । दर्शकहरूले रुचाएका छन् ।
तर उनीकी पत्नी ट्विंकल खन्नाले भने उनको यो फिल्म हेरेकी छैनन् । बिबिसीसँगको अन्तर्वार्तामा अक्षयले भनेका छन्, ‘ट्विंकलले मेरो फिल्म नेहेर्ने बताएकी छन् । उनलाई यस्तो कमेडी खालको फिल्म मन पर्दैन ।’