मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक १८ सोमबार १६:२८:००
Read Time : < 1 मिनेट
समाचार

हात्तीको आक्रमणबाट एक महिला घाइते 

Read Time : < 1 मिनेट
२०७६ कार्तिक १८ सोमबार १६:२८:००

जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक महिला घाइते भएकी छिन् । सोमबार दिउँसो बेदकोट नगरपालिका १ हात्तीथलाकी ४५ वर्षीया जानकी धामी घाइते भएकी हुन् । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गतको बैजनाथ मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी जानकीको दायाँ खुट्टामा हात्तीले कुल्चिएको थियो । बैजनाथ मध्यमर्ती सामुदायिक वनका कोषाध्यक्ष गणेश बहादुर धामीले ५÷७ वटाको बथानमा आएका हात्तीले जानकीको खुट्टामा कुल्चिएको बताए । उनका अनुसार हात्तीको कुल्चाईले जानकीको घुडादेखि तल पुरै टुटेको छ ।

वनमा खर काट्न गएका अन्य महिलाहरुले हल्ला गरेपछि हात्तीको बथान भागेको थियो । घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार हुन सकेपछि अन्यत्र रेफर गरिएको छ । 

यस अघि शुक्लाफाँटा नगरपालिका–१ बन्साह चौधरी टोलका ६५ वर्षीय बलदेव बोहरामाथि हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।