मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष २६ बिहीबार १८:३०:००
Read Time : < 1 मिनेट
समाचार

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन कमल थापाको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २६ बिहीबार १८:३०:००

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेका छन् । 

पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माण गरेको उल्लेख गर्दै उनले नेपाली हुँ भनेर गर्व गर्ने प्रत्येक नागरिकले उनलाई सम्मान गर्नुपर्ने औंल्याए । 

राजधानीमा बिहीबार आयोजित कार्यक्रममा उनले पृथ्वीनारायण शाहले गरेको एकीकरणको गौरव र इतिहास कहिल्यै पनि परिवर्तन नहुने बताए । 

सिन्धुलीगढीमा अंग्रेज सेनाहरुलाई पराजित गरेर पृथ्वीनारायण शाहले नेपाललाई स्वतन्त्र राष्ट्र बनाएको नबिर्सिन उनले आग्रह गरे । 

अर्काे प्रसंगमा राप्रपाले राजसंस्थाको एजेण्डा नछोडेको उनले बताए । उनले थपे, ‘यो एजेण्डा यथावत छ ।’

थापाले मुलुकमा भ्रष्टाचार व्यापक भएको पनि आरोप लगाए । स्थानीय तहदेखि केन्द्रसम्म भ्रष्टाचारले ब्रम्हलुटको रुप लिइसकेको उनले आरोप लगाए । 

भर्खरै सार्वजनिक वाइडबडी विमान खरिद काण्ड भ्रष्टाचारको अर्काे प्रमाण भएको उनले बताए । ‘संसदीय समितिले छानविन गरेर निष्कर्ष दिएको छ,’ उनले भने, ‘प्रतिवेदनअनुसार सरकार र अख्तियारबाट कारबाही हुन्छ भन्ने अपेक्षा राखेको छु ।’