मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
कपिल कसपाल
नयाँ पत्रिका भक्तपुर
२०७६ कार्तिक १७ आइतबार १३:३०:००
Read Time : < 1 मिनेट
नयाँCity

भक्तपुरको गीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका भक्तपुर
२०७६ कार्तिक १७ आइतबार १३:३०:००


गीतको म्युजिक भिडियोमा कुनै चरित्रको प्रस्तुति हुनेछैन । भक्तपुरलाई योगदान दिएका व्यक्तित्व र स्थानीय कलाकारका साथमा ऐतिहासिक र पुरातात्विक क्षेत्रका दृश्य समावेश गर्नेछौँ ।

नेपाली शिरको कालो टोपी भक्तपुर
विश्वकै सम्पदा हो यो चाँगु भक्तपुर

यो गीतमा कृष्णमुरारी गौतम (चट्याङ मास्टर)को शब्द, बिबी अनुरागीको संगीत र मेरो स्वर छ । भक्तपुरको बासिन्दा भएको नाताबाट चट्याङ मास्टरले यसको शब्द तयार पार्नुभएको हो । यसको अडियोको संयोजन पत्रकार तथा साहित्यकार जितेन्द्र रसिकले गर्नुभएको छ । रसिकले नै मलाई यो गीत गाउन आग्रह गर्नुभयो । मैले नकार्ने कुरै थिएन । यसअघि पनि सुवासचन्द्र ढुंगेल, हरिहर तिमल्सिना, धु्रव मधिकर्मी र म मिलेर भक्तपुरको गीत तयार पार्न खोजेका थियौँ । तर, गीतदेखि भिडियो तयार पार्नसम्म लाग्ने खर्च जुटाउन नसकेकाले त्यो प्रयास सफल भएन । 

पछिल्लो गीत रेकर्ड भएको ६ महिना भयो, जसको अडियो बजारमा आइसकेको छ । त्यसलाई भक्तपुरका सबै एफएमले प्राथमिकताका साथ प्रसारण पनि गरिरहेका छन् । र, श्रोताको प्रतिक्रिया पनि राम्रै पाएका छौँ । संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग, राजनीतिज्ञ नारायणमान बिजुक्छे, संगीतकार दीपक जंगम, सांसद महेश बस्नेत, कलाकार हरिबहादुर थापा, सुवासचन्द्र ढुंगेललगायतले म्युजिक भिडियो बनाउन सहयोग गर्नुहुने भएको छ । गीत रेकर्डदेखि म्युजिक भिडियो निर्माणसम्ममा भक्तपुरका नगरपालिकाहरू र जिल्ला समन्वय समितिको पनि सहयोग छ ।

नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा यो गीतले भक्तपुरको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने आशा छ । म्युजिक भिडियोमा म, चट्याङ मास्टर, जितेन्द्र रसिक, वाद्यवादक इन्दिरा लाक्षीमस्युलगायतलाई देख्न सकिनेछ । भक्तपुरका नृत्य कलाकारहरूसमेतको प्रस्तुति रहनेछ । म्युजिक भिडियोमा कुनै चरित्रको प्रस्तुति हुनेछैन । भक्तपुरलाई योगदान दिएका व्यक्तित्व र स्थानीय कलाकारका साथमा ऐतिहासिक र पुरातात्विक क्षेत्रका दृश्य समावेश गर्नेछौँ ।