मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक १७ आइतबार ०७:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

राजपाले तोक्यो पाँच तहका तदर्थ समिति गठन गर्ने पर्यवेक्षक

Read Time : < 1 मिनेट
२०७६ कार्तिक १७ आइतबार ०७:२७:००

राष्ट्रिय जनता पार्टीले २४ देखि ३० कात्तिकसम्म पाँच तहका तदर्थ समिति गठन गर्ने निर्वाचनका लागि पर्यवेक्षक खटाएको छ । राजपाले निर्देशिका बनाएर २४ कात्तिकमा सबै वडा, २६ गते सबै पालिका, २८ गते सबै प्रदेश सभा र प्रतिनिधिसभा तथा ३० कात्तिकमा जिल्लाको तदर्थ समिति गठनका लागि मिति तय गरेको छ । निर्देशिकाले अध्यक्ष मण्डल रहेका तल्ला तहका समितिमा एकल नेतृत्वको व्यवस्था रहेको छ । 

तदर्थ समितिको निर्वाचन सम्पन्न गर्न ५२ जिल्लाका केन्द्रीय प्रतिनिधि खटाएको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले जानकारी दिए । ठाकुरद्वारा जारी विज्ञप्तिअनुसार पर्यवेक्षकमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मलाई जिम्मेवारी दिइएको छ । राजपाले जिम्मेवारी तोकेका पर्यवेक्षकलाई कसरी तदर्थ समिति गठन गर्ने भन्ने विषयमा १९ कात्तिकमा केन्द्रमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा हुने प्रशिक्षण कार्यक्रममा कसरी निर्वाचनमा समन्वय गर्ने, पर्यवेक्षकको निर्वाचनमा भूमिका के हुने र विवाद परेमा समाधान गर्न के–केसम्म गर्न सक्ने कुन प्रक्रिया अपनाउने भन्नेबारेमा प्रशिक्षण दिइने महासचिव केशव झाले जानकारी दिए ।