मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक १६ शनिबार १५:१२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

अस्ताउँदो सूर्यलाई अर्घ दिँइदै (फोटो फिचर) 

Read Time : < 1 मिनेट
२०७६ कार्तिक १६ शनिबार १५:१२:००

शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ  । 

आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्व अन्र्तगत व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभीएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिई पूजापाठ गर्ने छन् ।

छठ ब्रतालुहरुले पहिलो दिन नजिकैको नदी, पोखरी तथा तालहरुमा नुहाएर चोखो हुने, दोश्रो दिन राती दुध, मिठा लागायतका मिष्ठान भोजन बनाई ग्रहण गरिसकेपछि (जसलाई रसिआव रोटी भनिन्छ), आज अस्ताउँदो सूर्यलाई अर्घ दिने र आइतबार (भोली) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व विधिवत रुपमा सकिन्छ ।

तराईमा छठको आफ्नो छुट्टै महत्व रहेको छ । मिथिलाको पौराणिक महत्व बोकेको घडीअर्वा, नगवा, रानीघाट, मुर्ली, छपकैयालगायतका पोखरी तथा सरोवरसहितको पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सजाइएको छ । प्रत्येक वर्ष छठ मनाउनेको संख्यामा वृद्धि हुनुको साथै देशका विभिन्न स्थानमा छठ मनाउन थालिएको छ ।