मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक १६ शनिबार १४:२०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

सिरहामा छठ पर्व (फोटो फिचर)

Read Time : < 1 मिनेट
२०७६ कार्तिक १६ शनिबार १४:२०:००

पोखरी, जलाशय, नदि किनारा, तालहरुमा अस्ताउँदो सूर्यलाई अर्घ पूजा सामाग्रीसहित व्रतालु पुग्ने क्रम सुरु भएको छ ।

सदरमुकाम सिरहाका दुर्गा, ऐतिहासिक सलहेश, पंचमुखी बाबाजी (रानी) पोखरीमा पूजा सामग्रीसहित व्रतालु पुग्न थालेका छन् । टेण्ड, विद्युतीय वत्तीले सिँगारिएको पोखरीको घाटहरुमा बाँसले बुनेका ढकिया, सुपा, कोनिया, डगरी, माटोको घैला, हात्ती, दियो, ढकना, ऊखु, झुप्पाबाला केरा र विशेष प्रसादका रुपमा पिढोको भुस्वा(लड्डु) र ठकुवासहित पुग्ने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाले छठपर्वलाई लक्षित गरी मदिरा बिक्री वितरणमा रोक लगाएको छ । सार्वजनिक सूचना जारी गर्दै अस्ताउँदो सूर्यलाई अर्घ दिने दिन कार्तिक १६ अर्थात आज २ बजेदेख उदाउँदो सूर्यलाई अर्घदिने दिन (आइतबार) १२ बजेसम्म मदिरा बिक्री वितरणमा रोक लगाएको हो । 

यस्तै जिल्लाभरीमा धार्मिक र साँस्कृतिक कार्यक्रम बाहेक अश्लिल नृत्य र विकृतिजन्य क्रियाक्लाप नगर्न/नगराउन पनि आग्रह गरेको छ ।