Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ कार्तिक १५ शुक्रबार १४:०६:००
Read Time : < 1 मिनेट
समाचार

बसको ठक्करबाट दुई बालबालिकाको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
२०७६ कार्तिक १५ शुक्रबार १४:०६:००

बसले ठक्कर दिँदा गम्भीर घाइते भएका दुई जना बालबालिकाको मृत्यु भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका-१, का आठ वर्षीया अन्सु चौधरी र घोडाघोडी नगरपालिका–८, का १२ वर्षीय लक्ष्मण चौधरीको उपचारका लागि भारतको लखनउ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६०४६ नम्बरको बसले पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दगोरिया गाउँपालिका–१, बौनिया बजारमा बिहीबार साँझ ठक्कर दिएको थियो । 

प्रहरीका अनुसार घाइते लक्ष्मणको नेपालगञ्ज नर्सिङ्ग होममा उपचारका क्रममा बिहान एक बजेतिर मृत्यु भएको हो । अर्का घाइते अन्सुको थप उपचारका लागि भारत लैजाने क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

बसको ठक्करले दुई बालकको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयले बौनिया बजारमा पूर्व-पश्चिम राजमार्ग बन्द गरेका छन् । बिहान नौ बजेदेखि अवरुद्ध राजमार्ग सञ्चालन हुन सकेको छैन । राजमार्ग बन्द हुँदा दर्जनौँ सवारी साधन र यात्रु बीच बाटोमा अलपत्र परेका छन् ।

राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए । मृतकका आफन्तले चालकलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन् । दुर्घटनाग्रस्त बसका चालकलाई लम्की प्रहरीले नियन्त्रणमा लिएको छ ।