१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २६ बिहीबार १६:२७:००
Read Time : < 1 मिनेट
समाचार

खेलकुद मन्त्रालयमा भएका राजनीतिक नियुक्तिप्रति प्रचण्ड असन्तुष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २६ बिहीबार १६:२७:००

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा तथा खेलकुद मन्त्रालयमा भएका राजनीतिक नियुक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्ड खेलाडीहरुको अपेक्षा अनुसार ‘सही मानिस छनौट’ नगरिएको भन्दै युवा तथा खेलकुद मन्त्रालयमा भएको राजनीतिक नियुक्तिप्रति असन्तुष्टि जनाएका हुन् ।

अध्यक्ष प्रचण्डले नेपालको खेलकुद क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । बिहीबार पाँचौं सगरमाथा अन्तराष्ट्रिय कराँते प्रतियोगिताको काठमाडौंमा उद्घाटन गर्दै उनले विद्यालय तहदेखिनै कराँते खेलको विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्न लागिपर्ने आश्वासन दिए । स्वस्थ नागरिक र सृजनात्मक मुलुकका लागि पनि आफूले खेलकुद क्षेत्रको विकासमा जोड दिँदै आएको उनको भनाई छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूले सरकारको नेतृत्व लिएको बेला खेलकुद क्षेत्रको विकासमा लागिपरेको दावी गरे ।