मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ कार्तिक १४ बिहीबार १७:५७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

काठमाडौंको गौरीघाट वागमती किनारमा छठघाट निर्माण [फोटोफिचर]

Read Time : < 1 मिनेट
२०७६ कार्तिक १४ बिहीबार १७:५७:००

नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्वका लागि घाट सजाउन थालिएको छ । काठमाडौंमा पनि छठका लागि घाट बनाउने धमाधम छ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व बिहीबार स्नान गरी चोखो खाएर बसिन्छ । 

विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व २०४६ सालपछि काठमाडौंलगायत पहाडमा पनि मनाउन थालिएको हो । 

राजधानीमा गुह्येश्वरीबाट गौरीघाटको वागमती किनारमा छठघाट निर्माण भइरहेको छ । 

कात्तिक १६ गते बेलुकी अस्ताउँदो र कात्तिक १७ गते बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पुजा सकिन्छ ।