१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १४ बिहीबार १४:०८:००
Read Time : < 1 मिनेट
समाचार

स्वास्थ्यमा सुधार आएपछि अध्यक्ष थापा स्वदेश फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १४ बिहीबार १४:०८:००

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा बिहीबार स्वदेश फर्किएका छन् । उनी सप्ताहब्यापी चीन भ्रमणपछि बिहीबार स्वदेश फर्किएका हुन् । 

गत ८ कार्त्तिकमा आइटिएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटिएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग लिन चीन पुगेका थापाले टेनिस प्रतियोगिताको पहिलो खेलमा जित हाँसिल गरेका थिए । दोस्रो खेलमा अग्रता कायम रहँदारहँदै उनको पिडौंला र तिघ्रामा समस्या आएपछि बिचमै खेल छाडेका थिए । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

थापालाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए ।