काठमाडौंको नाग पोखरीमा छठ पर्वको भव्य तयारी गरिएको छ । छठ पूजा मूल समारोह समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी कार्तिक १६ गते शनिबार नागपोखरीमा छठी माईको पूजा गर्ने व्यवस्था गरिएको जनाएको छ ।
पूर्व युवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यमा उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको सुरुवात गरिने समितिले जनाएको छ । मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउन हिमाल, पहाड र तराई सबै ठाउँमा छठ पर्वलाई भव्य रुपमा मनाउने उद्देश्यका साथ काठमाडौंका नागपोखरीमा यस वर्ष पनि छठी माईको पूजा गर्ने व्यवस्था मिलाइएको समितिको संयोजक किशोरी महतोले बताए ।
नागपोखरीमा छठी माईको पूजाका लागि विभिन्न धार्मिक संघ, संस्थाहरुको पनि सहभागिता हुने जनाइएको छ । अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अर्घदिई मनाउएजे यो पर्वले आरोग्य लाभ हुने जनविश्वास रहेको छ ।