१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ कार्तिक ११ सोमबार १२:१३:००
Read Time : < 1 मिनेट
समाचार

कृतिम फूलमालाले जुम्लाको खलङ्गा बजार झकिझकाउ

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ११ सोमबार १२:१३:००

तिहारको अवसरमा जुम्लाको खलङ्गा बजार कृतिम फूलमालाले झकिझकाउ भएको छ । यतिबेला जुम्लाका पसल कृतिम फूलमालाले भरिएका छन् । यहाँ उत्पादन हुने सयपत्री फूल कतै पनि देख्न पाईदैन । तर कृतिम फूलमाला बजार भरी पाइन्छ ।

जुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिनु भन्दा अघि यहाँका स्थानीय आफै घरमा फूलको खेति गर्थे ।  तिहारमा आफैले उत्पादन गरेको फूलको प्रयोग गर्थे । तर कर्णाली राजमार्गले जुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि यहाँका स्थानिय कृतिम फुलमालाको भर पर्ने गरेका छन् ।