मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ कार्तिक ९ शनिबार १६:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

श्रीमान्को हत्या गरी फरार रहेकी महिला पक्राउ 

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ९ शनिबार १६:०४:००

बर्दियामा श्रीमान्को हत्या गरी फरार रहेकी एक महिला पक्राउ परेकी छन् । बाँसगढी नगपालिका ६ की अन्दाजी ५२ वर्षीय समला दरै हत्याको आरोपमा उनकी श्रीमती ५० वर्षीया दिलमाया दरै पक्राउ परेकी हुन् ।

श्रीमान्को हत्या गरेर फरार रहेकी दिलमाया बाँकेको खजुरा गाउँपालिका ७ गुनानाबाट पक्राउ परेकी हुन् । हाल उनलाई इलाका प्रहरी कार्यालय मोतिपुरमा राखिएको छ ।

उनी माथि कर्तव्य ज्यान मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले बताए । 

लामो समयदेखि भारतामा मजदुरी गर्दै आएका समला बिहीबार घर फर्किएका थिए । सोही दिन घरमा झगडा भएको सुनिएको छिमेकीले बताएका छन् । शनिबार बिहान आठ बजेसम्म दरैको घरमा सुनसान देखिएपछि हेर्न पुगेका छिमेकीले घरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  

घटनास्थलमा प्रहरी पुगेपछि मात्र श्रीमान्को हत्या गरी श्रीमती फरार रहेको खुलेको हो ।