मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष २६ बिहीबार १२:१०:००
Read Time : < 1 मिनेट
समाचार

पृथ्वी जयन्तीमा राप्रपाको चियापान अायाेजना, १० हजारलाई बाँडियो निम्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २६ बिहीबार १२:१०:००

राष्ट्रिय एकता दिवस अर्थात् २९७ औं पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते चियापानको आयोजना गरेको छ । राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार शुक्रबार काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने चियापानका लागि अध्यक्ष कमल थापाको नामबाट विशिष्ट अतिथि र पार्टी सदस्यहरुका लागि दश हजार कार्ड वितरण गरिएको छ । 

दिउँसो एक बजेदेखि तीन बजेसम्म हुने चियापान समारोहमा उपस्थितीका लागि उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, संवैधानिक अङ्गका प्रमुखहरु, निजामती, जङ्गी सेवाका बहालवाला र पूर्व विशिष्ट पदाधिकारीहरु, विदेशी कुटनैतिक नियोगका प्रमुखहरु लगायतलाई निमन्त्रणा गरिएको छ ।

राप्रपाले २०६४ सालदेखि हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम गर्दै आएको छ ।