१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मोहन विष्ट
२०७५ पौष १ आइतबार १२:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तोडफोड

Read Time : < 1 मिनेट
मोहन विष्ट
२०७५ पौष १ आइतबार १२:५१:००

कञ्चनपुरका विद्यार्थी संगठनले आइतबार सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पस तोडफोड गरेका छन । 

भागबण्डाका आधारमा कर्मचारी भर्ना गरेको भन्दै चार विद्यार्थी संगठनका नेता कार्यकर्ताले तोडफोड गरेका हुन । सत्ताधारी सहितका चार विद्यार्थी संगठनले तोडफोड गर्नुका साथै प्रिन्सिपल डा. भुपेन्द्र विष्ट सहित तीन प्राध्यापकको पुत्ला दहन गरेका छन । पूर्व एमाले निकट अनेरास्ववियु, पूर्व माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा बैद्य निकट अखिल क्रान्तिकारी र नेकपा विप्लव निकट क्रान्तिकारीका विद्यार्थीले तोडफोडसँगै प्रिन्सिपलको कुर्सी समेत जलाएका छन् । 

विद्यार्थीले नेपाल प्राध्यापक संघका अध्यक्ष कर्णदेव भट्ट र पूर्व माओवादी केन्द्र निकट राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष धनराज विष्टको समेत पुत्ला दहन गरेका छन् । यस अघि प्रिन्सिपल विष्टको कार्यकक्षमा विभिन्न तीन विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए । प्रिन्सिपल कार्यकक्ष र बाहिर रहेका फर्निचर, पुस्तकालयका सिसा समेत विद्यार्थीले तोडफोड गरिदिएका छन् । 

विद्यार्थी नेताहरुले प्रिन्सिपल कार्यकक्षमा तीन दिन तालाबन्दी हुँदापनि कर्मचारीलाई नियुक्ति दिएको भन्दै ढोका तोडेरै कुर्सी जलाएका थिए । विद्यार्थी संगठनको तोडफोड पछि क्याम्पसको पढाई प्रभावित भएको छ । अखिल क्रान्तिकारी कञ्चनपुरका उपाध्यक्ष अर्जुन भट्टले अवैधानिक तरिकाले भागबण्डाका आधारमा आफ्ना नातेदार, श्रीमती भर्ना गरेकाले आन्दोलनमा उत्रिएको बताए । उनले निर्णय नसच्याए पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएका छन ।

करारमा भर्ना गरिएका कर्मचारीको नियुक्ति खारेज हुनुपर्ने माग उनीहरुले राखेका छन् । विश्वविद्यालयले भने कुनै पनि कर्मचारीलाई अवैधानिक ढङगबाट नियुक्ती नगरेको दावी गरेको छ । नेकपा विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश जप्रेलले विश्वविद्यालयको हितमा लडेको दावी गरे ।