• वि.सं २०७६ चैत १७ सोमबार
  • Monday, 30 March, 2020
२०७६ कार्तिक ८ शुक्रबार १२:३६:००
समाचार

ठुलीभेरी नदी किनारामा बालकको शव फेला

२०७६ कार्तिक ८ शुक्रबार १२:३६:००

डोल्पाको ठुलीभेरी नदी किनारामा एक बालकको शव फेला परेको छ । जुम्लाको पातारासी गाउँपालिका ६ घर भएका र हाल ठुलीभेरी नगरपालिका ३ दुनैमा बस्दै आएका १२ वर्षका विपिन महताराको शव भेटिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

हराएको पाँच दिनपछि उनको शव ठूलीभेरी नगरपालिका ९ को मोतिपुर आसपासमा भेटिएको हो ।

उनको शव पोष्टमार्टम भइसकेकाले आजै परिवारलाई बुझाइने प्रहरीले जनाएको छ ।